चार महिनामा नै मुलुक ५७ अर्व घाटामा

५ बर्ष अगाडि

चाालु आर्थिक वर्षको पहिलो चार महिनामै शोधनान्तर घाटा ५७ अर्ब ३३करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैँकले सोमबार साबजनिक गरेको चार महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिका बाबजुद पनि आयात उच्च दरले बढेका कारण शोधनान्तर घाटा बढ्दै गएको उल्लेख छ । 

चालु आर्थिक वर्षको तेस्रो महिनासम्म शोधनान्तर घाटा ३५ अर्ब ४२ करोड रुपैयाँ घाटा बढेको हो । शेधनान्तर मुलुकमा भित्रिने र मुलुकबाट बाहिरिने रकमको अन्तर हो। समीक्षा अवधिमा चालु खाता घाटा ४८ अर्ब ९८ करोड रुपैयाँ थियो ।

 नेपाल राष्ट्र बैकका अनुसार समीक्षा अवधिमा तीन खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हृँदा नेपाली रुपैयाँमा रेमिट्यान्स अमेरिकी डलरमा गणना गर्दा कुल ददुई अर्ब ७३ करोड अमेरिकी डलरबराबर रेमिट्यान्स बढेको हो । यस आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले रेमिट्यान्स बढेको हो । यस आर्थिक वर्षको चार महिनामा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह चार अर्ब ९५ करोड रुपैयाँ छ।  ग्त वर्ष सोही अवधिमा १० अर्ब १७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

यस अवधिमा चार खर्च ४अर्ब रुपैयाँको वस्तृ आयात भएको छ भने २ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको छ। समीक्षा अवधिमा आयात ३६ प्रतिशत र निर्यात ११ प्रतिशतले वृद्धि भएको हो। 

मुलुकको विदेशी विनिमय सञ्चिति पनि घट्दै गएको छ। ह्सार मसान्तसम्म १० अर्ब आठ करोड डलर विदेशी विनिमय सञ्चिति रहेकोमा कात्तिक मसान्तसम्म नौ अर्ब ४३ करोड रुपैयाँमात्र सञ्चिति छ । यो विनिमय सञ्चितिले ७.९ महिनाको मात्र वस्तृ तथा सेवा आयात धान्न पर्यात्त हृने नेपाल राष्ट्र बैकले जनाएको छ। विदेशी विनिमय सञ्चितिको  नियमित स्रोत नभएको मुलुकका लागि विदेशी विनिमय सञ्चितिले आठ महिनाभन्दा कमको आयात धान्न मात्र पर्यात्त हुनु जोखिमको संकेत भएको केन्द्रीय बैकका अधिकारीहरु बताउँछन ।  यो आजको अर्थतन्त्र पत्रिकामा  छापिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया