उत्तर कोरियाली नेता किम जोङ–उन अघोषित भ्रमणका क्रममा बेइजिङ पुगेका छन्

५ बर्ष अगाडि

 उत्तर कोरियाली नेता किम जोङ–उन अघोषित भ्रमणका क्रममा बेइजिङ आइपुगेका छन् । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको आमन्त्रणमा चीन गएका हुन् । 
उत्तर कोरियाली सरकारी मिडियाका अनुसार श्रीमती रि सोल–जुसँग चीन पुगेका किम जनवरी १० सम्म त्यहाँ बस्नेछन् । 
यो भ्रमण किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो शिखर वार्ताको प्रक्रिया अघि बढिरहेको रिपोर्टहरु आइरहदाँ भएको छ । दुईबीच अघिल्लो जुनमा भेट भएको थियो । उक्त भेट कुनै अमेरिकी राष्ट्रपतिको उत्तर कोरियाली नेतासँगको पहिलो भेट थियो । 
सोमबार दक्षिण कोरियाली समाचारपत्र योनहापले एक उत्तर कोरियाली रेल उच्च सुरक्षाका साथ सिमाना पार गरेको रिपोर्ट दिएपछि रेलमा किम हुन सक्ने अनुमान लगाइदैं थियो । 
सीमा सहर दानदोङको रेल स्टेसन वरपर दजर्नौं सुरक्षा गाडि तथा अधिकारीहरुले बाटो रोकेका थिए । 
दानदोङका होटलको सिमानातर्फ फर्केका कोठामा बसेका पाहुनाहरुलाई पनि तिनका कोठामा प्रवेश गर्न रोकिएको थियो । 
चीन र उत्तर कोरियाका मिडियाहरुले मंगलबार विहान किमको भ्रमणहरुलाई पुष्टि गरे । मंगलबार विहाननै किमको हरियो र पहेँलो रेल बेइजिङको एक स्टेसनमा देखिएको थियो । 
अघिल्लो पटकको वेइजिङ भ्रमणको बेला पनि प्रयोग गरिएको उक्त रेल उनका पिता किम जोङ इलले सन् २०११ मा चीन र रुसको भ्रमणको समयमा प्रयोग गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया