कतारबाट अवैध रुपमा त्रिभुवन विमानस्थल हुँदै पास गराईएको २५० ग्राम अवैध सुन सहित पक्राउ

५ बर्ष अगाडि

काठमाडौं– कतारबाट अवैध रुपमा त्रिभुवन विमानस्थल हुँदै पास गराईएको २५० ग्राम अवैध सुन सहित धनकुटाका समिर श्रेष्ठ पक्राउ परेका छन् ।

काठमाडौंको काँडाघारी बस्ने श्रेष्ठलाई अवैध सुन सहित पिंगला स्थानबाट नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले उनको साथबाट ४१ हजार नगद समेत बरामद गरेको छ ।

५० ग्राम दरका ५ थान बाला बनाएर अवैध रुपमा कतारबाट सुन ल्याउने कारोबार गर्दै आएका श्रेष्ठले उताबाट सुन ल्याउने भरियालाई ६ हजार ‘खर्च’ दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शनिवार साँझ पक्राउ परेका समिरलाई आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर काठमाडौंले राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

यसैबिच, पुरातात्विक महत्वको तिन थान एन्टिक बुद्धको मुर्ति सहित सिन्धुलीका दिल बहादुर लो पक्राउ परेका छन् । सिन्धुली स्थायी घर भई सामाखुसी बस्दै आएका दिल बहादुरलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले स्वयंभु स्थित भगवान पाउँबाट पक्राउ गरेको हो ।

३९ बर्षिय दिलहबादुरबाट बरामद गरिएको मुर्ति परिक्षणका लागी पुरातत्व विभाग पठाईएको काठमाडौं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया