बलिउडका यी स्टार, जसका विदेशमा पनि अलिशान घर छन्

५ बर्ष अगाडि

मुम्बई– बलिउड कलाकारसँग अर्बाै, करोडौंको सम्पति रहेको कुरा बेला बेलामा समाचार माध्यममा आएकै बिषय हो । कलाकारले एक फिल्मका लागि करोडौ रुपैयाँ समेत लिने गर्दछन् । जसका कारण उनीहरुको जिन्दगी बिलासी हुने गरेको छ । बलिउडमा केही यस्ता स्टार पनि छन्, जसका भारतको अलवा विदेशमा पनि अलिशान घर छन् ।

जोन अब्राहम
बलिउड अभिनेता जोन अब्राहमले अभिनयबाट धेरैको मन जितेका छन् । उनी अभिनेताको अलवा बिजनेश म्यान पनि हुन् । उनको लस एन्जलसको बेल एयरमा एक आलिसान घर रहेको छ । 

शाहरुख खान 
बलिउडका किङ खान शाहरुख र उनकी पत्नी गौरीको नाममा दुवईमा एक सुविधा सम्पन्न घर बनेको छ । उक्त घरमा उनी पुरै परिवारका साथ बिदा मनाउन जाने गरेका छन् । यसको अलवा शाहरुखको लन्डनमा पनि अर्पाटमेन्ट रहेको छ । 

प्रियंका चोपडा
बलिउडकी देशी गर्ल प्रियंका चोपडाको भारतको अलवा न्युयोर्कमा पनि घर छ । प्रियंका बलिउडको अलवा हलिउडकी पनि अभिनेत्री हुन् ।

शिल्पा शेट्टी कुन्द्र 
शिल्पाको दुवईको बुर्ज खलिफमा पनि अर्पामेन्ट छ । उनका पति राजका थुप्रै देशमा घर छन् ।

अभिषेक बच्चन र ऐश्वर्या 
अभिषेक बच्चन र ऐश्वर्याले हालै न्युयोर्कमा एक सानदार घर किनेका छन् । यस अगाडि उनीहरुले दुवईमा घर किनेका थिए ।

सैफअलि खान र करिना 
सैफअलि अक्सर परिवारका साथ छुट्टी मनाउन स्वीट्जरल्याण्ड जाने गर्दछन् । यो सैफ र करिनाको मनपर्ने देश हो । यहाँ उनीहरुले सानदार घर किनेका छन् । 

सलमान खान
अभिनेता सलमान खानको पनि भारतको अलवा दुवईमा घर रहेको छ । दुवईमा उनको अर्पाटमेन्ट सबैभन्दा महँगो बताइन्छ । 

अक्षयकुमार 
बलिउडका नायक अक्षयकुमारलाई क्यानडा निकै मनपर्छ । एक समय उनी क्यानडा प्रचारको ब्राण्डएम्बेसडर पनि थिए । उनको क्यानडामा एक सानदार घर रहेको छ । यसका अलवा उनले मोरीशस बीचमा पनि एक घर किनेको चर्चा छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया