साम्राज्ञी नहुँदा ‘मिती सँग’लाई तनाव

६ बर्ष अगाडि

 
काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लन्डन उडेकी छन् । बुझिए अनुसार शाह चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को छायांकनका लागि लन्डन उडेकी हुन् । छायाँकनका लागि साम्राज्ञी लन्डन उडेपछि उनी अभिनित चलचित्र ‘तिमी सँग‘ युनिट भने तनावमा देखिएका छन् ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘तिमी सँग’ प्रचारको लागी साम्राज्ञीले अझ केही दिन दिनुपर्ने थियो । उनीबाट उक्त साथ नपाएपछि निर्माण युनिट तनावमा देखिएका हुन् । चलचित्रले शुक्रबार र शनिबार राम्रो दर्शक पाएको निर्माता निर्देशक शिशिर राणाले जानकारी दिए ।
त्यसो त साम्राज्ञीको कारणले मात्र निर्माण युनिटको तनाब बढेको भने होइन । चलचित्रका अर्का कलाकार अभिनेता आकास श्रेष्ठ समेत प्रचारमा त्यति देखिएका छैनन् । उनी एक चलचित्रको छायाँकनमा ब्यस्त रहेका कारण ‘तिमी सँग’लाई समय दिन नभ्याएका हुन् ।
निर्माण युनिट शुक्रबार र शनिबार दर्शकको प्रतिक्रिया बुझ्न केही चलचित्र भवनमा पुगेको थियो । उक्त समय अभिनेता नाजिर एक्लै मात्र  हलमा दर्शक माझ देखिएका थिए ।
‘सबै कलाकार लिएर हलमा जान सकेको भए दर्शकमा अझ सकारातमक सन्देश जान्थ्यो’ निर्देशक राणाले भने ‘कलाकारको कारण त्यो सम्भव हुन सकेन ।’
‘तिमी सँग’ एनआरएन पर्यटक र नेपाली गाइड बिचको रमाइलो प्रेम कथामा आधारित रहेर निर्माण भएको चलचित्र हो । चलचित्रमा साम्राज्ञी, आकाश, नाजिर लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया