काठमाडौं — हुन त महिला र पुरुषलाई एकै रथका दुई पाङ्ग्रा हुन् भनिन्छ तर वास्तविकता अर्कै छ । वैदिक कालमा नारीको स्थिति अहिलेभन्दा राम्रो थियो । तर नारीहरू पुरुषको तुलनामा शारीरिक रूपमा कमजोर भएकाले पुरुषहरूले नारीलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउन र आध्यात्मिक रूपमा सशक्त नबनाउन भरमग्दुर प्रयास गरे । यसो गर्दा नारीहरू आर्थिक रूपमा पनि बलियो बन्न सकेनन् ।
कुनै समयमा महिलाले पनि जनै पहिरिन्थे । भारतको बिहार राज्यमा यो प्रथा अझै कायम छ । जनै नलगाएका मानिसले वेद र उपनिषद् पढ्न नपाइने भएकाले स्त्रीहरू जनै पहिरिन्थे । वेदमा शास्त्रार्थ गर्न सक्ने महान् सन्त र साध्वी जन्मेका थिए प्राचीन युगमा । मैत्रेयीको नाम यहाँ लिन सकिन्छ ।
तर बिस्तारै पुरुषवादी सोच हावी हुँदै गएपछि नारीहरूलाई जनै लगाउनबाट वञ्चित गरियो ।
बिहारको मैनिया गाउँमा पछिल्लो तीन दशकदेखि महिलाको उपनयन संस्कार गरिँदै आइएको छ । तर यो अपवाद मात्र हो । अन्त कतै पनि यस्तो चलन छैन । यसले महिला सशक्तीकरणलाई कत्तिको टेवा पुयाउँछ विश्लेषणको कुरा हो ।
नई दुनिया/जागरण
प्रतिक्रिया