मौलाना सुफि सिद्दिकलाई पैसाले तौलिएपछि

६ बर्ष अगाडि

परासी, १ बैशाख - नवलपरासीको सदरमुकाम परासीमा आयोजित जलसा कार्यक्रममा मौलाना शुफि सिद्दिक मिँयालाई सिक्का पैसाले तोलिएको छ । रुपन्देहीको भैरहवाँ स्थित खुरुहुरिया घरका भएका करिब ७५ बर्षिय मौलाना सुफि सिद्दिकले ईस्लामि मजहबको संरक्षण र प्रवद्र्धनको लागि गरेको कार्यको मुल्याङ्कन गर्दै उनलाई सिक्का (पैसा)ले तोलिएको हो ।
जामिया फैजाने अहले बैत मदरसाद्धारा आयोजित फैजाने अहलेबैत कांफ्रेन्स (जलसा) कार्यक्रममै काँटा राखी एक पलरामा सुफि सिद्दिकलाई राखेर अर्काे पलरामा नेपाली सिक्काहरु राखी तौलिएको मदरसाका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले बताए ।
सुफि सिद्दिकलाई तौलिदा उनी ५७ किलोका भएका थिए । सुफि सिद्दिकलाई तौलिएपछि उनलाई विभिन्न धर्मावलम्बीहरुले बधाई दिएका थिए । सुफि सिद्दिकलाई तौलिएका सिक्का पैसालाई पुनः सुफि सिद्दिकले मदरसा जामेया फैजाने अहले बैतमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठनका लागि दान गरेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया