काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सरकार विरुद्ध सडकमा उत्रेको छ । काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित नेपाल विद्यार्थी संघले आइतबार विरोध प्रदर्शनको आयोजना गरेको छ । संघको काठमाडौँ जिल्ला कार्यसमितिले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरु थापाथली क्याम्पसबाट निस्केर सिधै माइतिघर मण्डलातर्फ छापामार शैलीमा बढेका थिए । उनीहरु निषेधित क्षेत्रमा पुगेर नाराबाजी गर्नासाथ प्रहरीले भ्यानमा हालेको थियो ।
प्रदर्शनकारीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर , अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए । प्रदर्शनको क्रममा करिब एक दर्जन प्रदर्शनकारी पक्राउ परेको नेविसंघले जनाएको छ ।
प्रतिक्रिया