एसईई परीक्षाको तालिका सार्वजनिक

३ महिना अगाडि

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते बिहीबारदेखि सञ्चालन गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुुसार पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन नेपाली, चौथो दिन गणित र छैटौं दिन विज्ञान विषयको परीक्षा सञ्चालन हुने तालिकामा उल्लेख छ ।

उक्त परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थी सहभागि हुनेछन् । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुँदैछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा पर्नेछन् । दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ ।

३ महिना अगाडि

प्रतिक्रिया