जापानसँग ऋण लिन वार्ता टोली गठन गर्ने

मंगलबार, ०९ माघ २०८०, १६ : ४८

काठमाडौँ - कोटेश्वर इन्टरेक्सन ईम्प्रुभमेन्ट प्रोजेक्टका लागि जापान सरकारसँग ३१ अर्ब दुई करोड रुपैयाँ सहुलियत ऋण लिन सरकारले वार्ता टोली गठन गर्ने भएको छ । 

 बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रोजेक्टमा जापानले सहुलियत ऋण दिने भएपछि वार्ता टोली गठन गर्न लागिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मंगलबार, ०९ माघ २०८०, १६ : ४८

प्रतिक्रिया