काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले पानी वितरण सम्बन्धि विवरण अभिलेखका लागि राखिएका विद्युतीय मिटर चोरी भएका छन् । खानेपानी मन्त्रालय अन्तर्गत प्रोजेक्ट कार्यान्वयन निर्देशनालय (पिआईडी) ले जडान गरिदिएका घरघरका मिटरहरु चोरी भएको पिआइडीले जनाएको छ।
पिआइडीका अनुसार हालसम्म ४० हजार बढी मिटर जडान भइसकेका छन्। तीमध्येमा २ सय बढी मिटर चोरी भएको हो । चोरीको केसमा पिआइडीले कारबाही गर्न नमिल्ने भएकाले सम्बन्धित व्यक्तिलाई उजुरी लिएर प्रहरी कार्यालय पठाउने गरेको छ।
घरधनी बाहिर भएको समयमा मिटर चोरी भएको, गेट नलगाएको तथा मिटर राखेर पनि पाइप जडान नगरेको धेरै देखिएको पिआइडीले जनाएको छ। एउटा मिटरको मूल्य ५ हजार ५ सय रुपैयाँ पर्ने उनको भनाइ छ। मिटरको तौल आधा केजीदेखि १ किलोसम्म हुन्छ। जसले गर्दा चोर्ने मान्छेलाई बोकेर हिँड्न समस्या नभएको पिआइडीको भनाईं छ ।
पिआइडीले एसियाली विकास बैंक (एडिबी) र नेपाल सरकारको बजेटबाट उपत्यकामा मेलम्चीको पानी विरणका लागि मिटर जडान गर्दै आएको छ। पहिलो चरणमा ८५ हजार मिटर जडान गर्ने लक्ष्य राखेको पिआइडीले १ वर्षमा ४० हजार मिट्र जडान गरी सकेको छ।
प्रतिक्रिया