नयाँ स्टक एक्सचेन्जको आवश्यकता अध्ययन गर्न समिति गठन

विहीबार, ११ माघ २०८०, ०९ : ०१

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहे-नरहेको विषयमा अध्ययन गराउन राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । 

 मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। धितोपत्र बोर्डले गत चैतमा नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया सुरुगरेको भएपनि पटक पटक यो अवरुद्ध भएको थियो। नयाँ स्टक ल्याउन आर्थिक चलखेल भएको भन्दै विरोध हुँदै आएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले नै नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया रोकेका थिए। संघीय संसदको अर्थ समितिले समेत यो प्रक्रिया रोकेको थियो।

सो समय बोर्डमा स्टक एक्सचेन्जका लागि तीनटा कम्पनीको आवेदन परेको थियो। धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको थियो।
 

विहीबार, ११ माघ २०८०, ०९ : ०१

प्रतिक्रिया