सानिमा रिलायन्स इन्स्योरेन्सको साधारण सभा आज , यस्तो छ प्रस्तावित एजेन्डा

विहीबार, ११ माघ २०८०, ०९ : ५१

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज बस्ने भएको छ । 

कम्पनीको छैठौं वार्षिक साधारणसभा अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८-७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, साविक सानिमा लाइफ र रिलायन्स लाइफको आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ ।

यस्तै, सभाले आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस २६ गते बुक क्लोज गरेको छ। जस अनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन । 

विहीबार, ११ माघ २०८०, ०९ : ५१

प्रतिक्रिया