अध्यागमन घटनाबारे छानबिन गर्न थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन

शनिबार, १३ माघ २०८०, ०८ : ५५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबिच भएको घटनामाथि छानबिन गर्न समिति गठन भएको छ। गृह मन्त्रालयले विमानस्थलमा कर्मचारीबिच भएको यो दुर्भाग्यपूर्ण घट्नामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिन समिति बनाएको हो।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएका छन्।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जि.सी. सदस्य रहेको समिति बनाएको छ।

416147068_333635576332736_5280240718912964631_n

शनिबार, १३ माघ २०८०, ०८ : ५५

प्रतिक्रिया