व्यवसायी चौधरी पक्राउ

विहीबार, १८ माघ २०८०, १४ : ४३

काठमाडौँ - व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा आज पक्राउ गरिएको सीआइबी स्रोतले बताएको हो ।छाला उद्योगको १० रोपनी जग्गा हडपेर चाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा पक्राउ गरिएको सीआइबी स्रोतले जनाएको छ ।

चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको छ । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । 

विहीबार, १८ माघ २०८०, १४ : ४३

प्रतिक्रिया