काठमाडौं -आज काभ्रेपलान्चोक जिल्ला, बनेपा न.पा. १४ भैंसेपाटीमा पनौति बाट काठमाडौं तर्फ जादै गरेको बा.२ ख ६६६९ नम्बरको बसले बिपरित दिशाबाट आइरहेको बा प्र-०१-००६ ख २९९७ नम्बरको मयुर बसलाई ठक्कर दिदा भएको दुर्घटनाको घटना विवरण सार्वजनिक भएको छ ।
बसलाई ठक्कर दिएको खबर प्राप्त हुनासाथ प्रहरि चौकि साँगाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निम्न स्थान बस्ने निम्न यात्रुहरुलाई उपचारको लागी सिरमेमोरीयल अस्पताल पठाएको, बस र बस चालक ईलाका प्रहरी कार्यलय बनेपाको नियन्त्रणमा रहेको स्रोतले जनाएको छ ।
निम्न घाईतेहरु :-
बा प्र-०१-००६ ख २९९७ न. बसमा सवार घाईते – जिल्ला काभ्रे पाँचखाल न.पा.६ बस्ने बर्ष २४ की नबिना दनुवार बाँया हातमा चोट सामान्य ।
बा.२ ख ६६६९ न.को बसमा सवार - जिल्ला काभ्रे नमोबुद्ध न.पा. ३ बस्ने बर्ष ३६ की वाङ्जु लामा खुट्टा दुखेको बाहिरी चोट नभएको सामान्य ।ऐ.१९:५५ बजे डिस्चार्ज भएको ।
निजकि छोरी बर्ष ११ की फुर्सङ लामा टाउको दुखेको बाहिरी चोट नभएको सामान्य । ऐ.१९:५५ बजे डिस्चार्ज भएको ।
निजको छोरा बर्ष ९ को समर्पण लामा दाहिने कम्बरमा सामान्य चोट सामान्य । ऐ.१९:५५ बजे डिस्चार्ज भएको ।
जिल्ला काभ्रे नमोबुद्ध न.पा.५ बस्ने अ. बर्ष २० की करुणा भुजेल खुट्टामा चोट सामान्य ।(धुलिखेल अस्पतालमा उपचार हुदै )
प्रतिक्रिया