रिडी पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन, बुकक्लोज कहिले ?

आइतबार, २१ माघ २०८०, ०८ : १४

काठमाडौँ । रिडी पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने माघ २१ गते अर्थात् आज अन्तिम दिन रहेको छ। 

रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात् माघ २२ गते बुकक्लोज गर्ने तयारी गरेको छ। यसर्थ, आजसम्म कायम शेयर धनीले यसमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ः०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न लागेको हो । जसअनुसार रिडी पावरले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

आइतबार, २१ माघ २०८०, ०८ : १४

प्रतिक्रिया