क्यान्सर सेन्टरको क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

२ महिना अगाडि

काठमाडौं -  स्याहारमा भएको फरकलाई बन्द गरौँ ’  भन्ने नारासहित  काठमाण्डौं क्यान्सर सेण्टर नालारोड भक्तपुरमा यस बर्ष २०२४ को क्यान्सर दिवस  मनाएको छ ।। कार्यक्रममा अस्पातलका कार्यकारी निर्देशक डा. सिमित सापकोटा सभापतिको रुपमा हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा वरिष्ठ चलचित्रकर्मी दीपाश्री निरौला हुनुहुन्थ्यो। अन्य अतिथिमा Mrs.Nepal International सृजना केसी , चांगुनारायण न.पा का स्वास्थ्य प्रमुख लगायतको सहभागिता रहेको थियो।  कार्यक्रममा उपस्थित १०० भन्दा बढिले VIA स्क्रीनिंगको लाभ उठाउनु भएको थियो। उक्त कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुभाष पण्डितले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षणको महत्वबारे चर्चा गर्नुभएको थियो  भक्तपुर जिल्लाभर कार्यरत महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई आमन्त्रण गरी क्यान्सर लागे नलागेको बारे निशुल्क रुपमा उहाँहरुको पाठघरको क्यान्सरको परीक्षण समेत गराईयो । नेपालमा क्यान्सर रोगीको संख्या बढ्दो क्रममा छ साथै उपचारको सुविधामा पनि बृध्दि भईरहेको छ । अव हामी नेपालीहरुलाई क्यान्सर लागे स्वदेशमा नै सवै किसिमको उपचार हुन्छ, काठमाडौँ क्यान्सर सेन्टर लगायतका अस्पतालहरुमा क्यान्सर रोगको अपरेसन, रेडियोथेरापी केनोथेरापी, ब्राकीथेरापी, ईम्युनोथेरापी लगायतका सम्पुर्ण उपचार उपलब्ध भएकाले भारत वा थाईल्याण्ड जानु पर्दैन भन्ने सन्देश दिएको छ । 

 काठमाडौं क्यान्सर सेन्टर समुदायमा आधारित पहलहरू मार्फत क्यान्सर सचेतना, रोकथाम, र प्रारम्भिक पहिचानलाई प्रवर्द्धन गर्न समर्पित छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक कार्यक्रमको साथ, हामी क्यान्सर, यसको जोखिम कारकहरू, र समुदाय भित्र प्रारम्भिक पहिचानको महत्त्व बारे सचेतना जगाउन हाम्रो पहुँच र प्रभाव विस्तार गर्ने लक्ष्य राख्छौं। यो FCVH क्यान्सर सचेतना कार्यक्रम र VIA स्वास्थ्य शिविर प्रारम्भिक चरणमा क्यान्सर रोकथाम र पत्ता लगाउन सक्रिय उपायहरू लिन समुदायका सदस्यहरूलाई शिक्षित र सशक्त बनाउनको लागि हो। कार्यक्रमले क्यान्सरका सामान्य प्रकारहरू, जोखिम कारकहरू, जीवनशैली परिमार्जनहरू, र नियमित स्क्रिनिङको महत्त्वको बारेमा महत्त्वपूर्ण जानकारी फैलाउनमा केन्द्रित रहेको हो। 

२ महिना अगाडि

प्रतिक्रिया