काठमाडौं - काभ्रे जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढुङ्गा र पनौती जोड्ने महत्वपूर्ण सडकखण्ड पनौती –खोपासी–कामीडाँडा–ताल्ढुगा सडक संघ–प्रदेशको समपुरकमा राख्ने निर्णयसहित बागमती प्रदेश बाट सिफारिस भएको छ ।
बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले सो सडक खण्डलाई समपुरक अनुदानमा राख्ने निर्णय गर्दै संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्य मन्त्री कार्यालयले जनाएको छ । मन्त्रिपरिषद बैठकमा बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले सो सडकखण्डलाई समपुरक अनुदानमा राख्नका लागि प्रस्ताव पेश गरेका थिए । भौतिक पुर्वाधार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट सो निर्णय भएको मन्त्री दुलालले बताए ।
उक्त सडकखण्डलाई समपुरक अनुदानमा समावेश गर्नेगरी निर्णय गर्नका लागि खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले भौतिक पूर्वाधारमन्त्री दुलाल र मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग छलफल गरेका थिए । सो सँगै अध्यक्ष थिङले संघीय सांसद एवं पूर्वराज्यमन्त्री सुर्यमान दोङ, मन्त्री तीर्थ लामा र प्रदेश सांसद एवं पूर्वमन्त्री रत्न ढकालसहितसँग समेत छलफल गरेका थिए । पूर्वमन्त्री दोङले प्रदेश र संघीय सरकारसँग आवश्यक समन्वय समेत गरेका थिए ।
छलफल अनुसार अध्यक्ष थिङले गाउँपालिकाको तर्फबाट पूर्वाधार विकास कार्यालय काभ्रेमा प्रस्ताव पेश गरेका थिए । गाउँपालिकाको प्रस्तावलाई आवश्यक निर्णयका लागि पूर्वाधार विकास कार्यालयले भौतिक पूर्वाधार मन्त्रालय हेटौँडामा पेश गरेको थियो । सोही प्रस्ताव मन्त्रालयको तर्फबाट आज मन्त्री दुलालले मन्त्रिपरिषद बैठकमा पेश गरेको जनाएको छ ।
बागमती प्रदेश मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णयसहित संघीय सरकार समक्ष पेश भएको अध्यक्ष थिङले बताए । यो सडकखण्ड समपुरक आनुदानमा समावेश भएसँगै खानीखोला गाउँपालिकाका अध्यक्ष थिङले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, भौतिक पूर्वाधारमन्त्री दुलाल, संघीय सांसद एवं पूर्वराज्यमन्त्री सुर्यमान दोङ,
पूर्वमन्त्री रत्न ढकाल लाई धन्यवाद ब्यक्त गरेकाछन् ।
प्रतिक्रिया