काठमाडौं : विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते वार्षिक साधारण सभा बोलाएको छ।
सभा होटल उग्रचण्डी,बनेपामा दिउँसो २ बजेदेखि सुरु हुने जानकारी दिएको छ। यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । तर्सथ, फागुन ३ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया