घोराहीमा जारी दाङ चेम्बरको एक्सपो ठेकेदारको कब्जामा

विहीबार, २५ माघ २०८०, १० : ४९

काठमाडौँ-  दाङका हरेक महोत्सव ठेकेदारले चलाउछन्, त्यो कुनै नयाँ कुरा होईन् । आयोजक देखावटी एउटा हुन्छ, तर, महोत्सव ठेकेदारले नै चलाउछन् । तर, घोराहीमा आजदेखि सुरु भएको लुम्बिनीस्तरीय दाङ एक्सपो २०८० दाङ चेम्बर अफ कमर्शले  आयोजना गरेको महोत्सवमा भने ठेकेदारले कार्यक्रम नै कब्जा जमाएको छ ।

कार्यक्रमको उद्घाटन सामान्य प्रशासन मन्त्री अनितादेबि शाहले गरेकि थिइन । उनले एक्सपोले आर्थिक कारोबार बढाउने बताए । उनले कोरानाको समयदेखि को आर्थिक मन्दिलाई यस्ता महोत्सबले चलायमान बनाउने बताए ।   ब्यानरमा नै ठेकेदारको कम्पनीको नाम आएको छ ।‘हामीले पनि महोत्सव लगायौं, पर्खाल लगाउने, पिङ हाल्ने, स्टल बनाउने काम त हामीले ठेक्का दिन्थ्यौं, त्यो सबै महोत्सवले गर्थे’,दाङका एक ब्यबसायीले भने‘तर,अहिले त ब्यानरमै आफ्नो नाम लेखेर आए, यसले महोत्सवको क्षेत्रमा विकृति फैलाउछ, आयोजकको काम मन्चमा आउने, बस्ने बाहेक केही छैन, सबै ठेकेदारको मातहतमा छ ।’

आयोजक चेम्बर भएपनि यसको ठेक्का एम।एम।डि।के।एल। इभेन्ट एण्ड बहुउदेश्यीय प्रालिले लिएको छ । यसले आफू अनुकूल कालाकार ल्याउने गरेका छ, भने हरेक काम आफू अनुकूल गर्दै आएको छ ।

यसअघि जिल्लाका हरेक महोत्सव लमही स्थित विनोद बुढाथोकीले लिने गरेका थिए, तर, चेम्बरले सुर्खेतका भरत वलिलाई एक्सपोको ठेक्का दिएको छ । ठेकेदार वलिले नै कार्यक्रम सचिबालयमा बसेर खटन पटन गर्दै आएका छन । चेम्बरका एक जना पदाधिकारी अनुसार अघिल्लो पटक मेला लगाएकोमा २२ लाख बचत गरेको तर, अहिले १८ लाखमा ठेक्का दिएको बताए । चेम्बरले जिल्ला भन्दा बाहिरका ब्यक्तीलाई ठेकेदारका रुपमा ल्याएको छ । चेम्बरले फागुन ८ गतेसम्म एक्सपो सन्चालन गर्नेछ । तुलसीपुरमा आजदेखि नै तुलसिपुर उद्योग बाणिज्य संघले मेला लगाएको छ । त्यहा पनि लमहिका बुढाथोकिले ठेक्का पाएका छन । स्रोतका अनुसार तुलसीपुरको मेला ६० लाख भन्दा माथी रकममा ठेक्का दिएको छ ।

विहीबार, २५ माघ २०८०, १० : ४९

प्रतिक्रिया