विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने

शुक्रबार, २६ माघ २०८०, १५ : ३०

काठमाडौँ–  विदेशमा रहेका नेपालीलीलाई पनि मतदान गर्न दिने विषयमा सरकारले तयारी गरेको छ । निर्वाचन आयोगले शुक्रबार बोलाएको सर्वदलीय बैठक विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा कार्यविधिबारे छलफल भएको थियो ।

निर्वाचन आयोगलेत्यसका लागि एउटा मापदण्ड बनाएको छ ।  विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने बताइएको छ । नेपालको संविधानले विदेशी नागरिकता वा स्थायी बसोबासको अनुमतिपत्र लिएका गैरआवासीय नेपालीहरूलाई सामाजिक र सांस्कृतिक अधिकार मात्रै दिने व्यवस्था रहेको छ । 

शुक्रबार, २६ माघ २०८०, १५ : ३०

प्रतिक्रिया