चर्चीत लोक गायक विर्ख विश्वकर्मा बल्ड क्यान्सरको सिकार

२ महिना अगाडि

 काठमाडौँ - सिञ्जा गा.पा २ रनुखाना जुम्लामा जन्मेका विर्ख विश्वकर्मा यति बेला बल्ड क्यान्सरको पिडामा छटपटाई रहेका छन् । उनी करिव ३ वर्षको हुदाँ उनका बुवाको मृत्यु भयो । बुवा बितेको २ बर्ष पछि उनको आमाले पनी यो संसार छोडेर जानु भयो । बुवा आमा सानै उमेरमा गुमाएका कारण विर्खले बालापनमै अनेकौ दुःख,कष्टको सामना गर्नु पर्यो ।
   
उनको बाल्यकाल आफ्नो वरिपरि रहेका छिमेकी संग बित्यो । बुवा,आमा र आफन्त विनाको त्यो कष्टकर जिवन कति कठिन हुदो हो, हामी सहजै अन्दाज गर्न सक्छौँ । सघर्ष देखि नडराएका विर्ख विश्वकर्माले जेनतेन कक्षा १० पास गरे । बाँकिको शिक्षा अगाडि बढाउन भने उनीसँग आर्थिक स्रोत थिएन र आफ्न्त पनि । समय खोला जस्तै बगिरह्यो । विर्ख पनि घर परिवार र आफन्त चिन्ने अवस्थामा पुगी सकेका थिए । गाँउमा आमा,बुवाको यादले बेचैन भएका विर्खले काठमाडौँ जाने योजना बनाए । र केहि समय पछि (२०७३) तिर सानै उमेरमा उनले काठमाडौँ प्रवेश गरे । गाँउमा सपनाको सहर भनेर परिचित काठमाडौँमा उनको भने कोहि आफन्त थिएन । उनी यो सहरमा कयौ दिन भोकै सुते, तर पनि हार मानेन । केहि समय पश्चात उनले होटेलमा काम गर्ने मौका पाए । होटेलमा काम पाए पछि भने उनको जिवनमा खुसीका सुक्ष्म किरणहरु उदाए । बालापनमै कयौ चोटका सिकार भएका विर्खले काठमाडौँमा अनेकौ चुनौतिसँग जुधेर आफ्नो पेट पाले । कलकारिता क्षेत्रमा उनको रुचि थियो । तर काम र कलकार सँगसंगै गर्न भने असम्भव थियो । ती तमाम दुख,कष्ट लाई छिचोल्दै विश्वकर्माले कलाकारीता क्षेत्रलाई आफ्नो पेशा बनाए ।उनले कलकारीता क्षेत्रमा अनेकौ आरोह अवरोह परिणाम भोग्न पर्यो । अन्ततः उनले लोक गीतमा आफ्नो पृथक छवि र पहिचान बनाउन सफल भए । 


उनका चर्चित लोक गीतहरु निम्नानुसार छन:
१.मञ्जरी 
२.बाटुली 
३.शुभकामना समवेदना
४.सुनको चुरा  
५.अब त अत्ति भो
६.मन परेको चुरा 

आदि दर्जनौ लोक गीतहरु विर्ख विश्वकर्मा गाएका छन । उनले थला परेको २ महिना पश्चात आफु ब्लड क्यान्सरको रोगी भएको थाहा पाएका हुन् । काठमाण्डौमा रहेका टिचिङ र ललितपुर अवस्थित पाटन अस्पतालमा उनले उपचार गराएका हो । उक्त अस्पतालमा निको नभए पछि उनी (चितवन) भरतपुर क्यान्सर अस्पतालमा भर्ना भएका हुन् । भरतपुर क्यान्सर अस्पतालले उनलाई ब्लोड क्यान्सर भएको बताएको हो । २२ वर्षको कलिलो उमेरमै क्यान्सर जस्तो खातक रोगको सिकार भएका विश्वकर्मा हाल निकै कठिन अवस्थामा छन । विगत लामो समय देखि बिरामी भई बेडको कष्टपुर्ण जिवन विताइरहेका विश्वकर्मालाई खाटबाट ओसार पोसार र खाना बनाइदिने मान्छे समेत छैनन् । यस्तो दर्दनाक परिस्थितिमा उनी आफ्नो स्वर्गीय आमा,बुवाको अभावमा बेसरी भकान्निछन र रुन्छन् । आमा,बुवा,र आफन्त बिनाको जटिल यात्रा र कलकारिता क्षेत्रमा आफ्नो पृथक चिनारी बनाउन सफल भएका विर्ख विश्वकर्माको हाल आथिक अवस्था निकै कमजोर छ । र उनको बाच्ने अभिलाषा भने धेरै छ । यसर्थ ः उनलाई माया गर्नु हुने स्रोता तथा सम्पुर्ण सहयोगी मनहरुलाई विर्ख विश्वकर्मा सहयोगको लागी अपिल गरेका छन् ।

 

 

२ महिना अगाडि

प्रतिक्रिया