५० प्रतिशत हकप्रद सेयर जारी गर्दै रिडी पावर , आवेदन दिने अन्तिम समय कहिले ?

मंगलबार, ०१ फागुन २०८०, ०७ : २२

काठमाडौं : रिडी पावर कम्पनीले यहीँ फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। 

कम्पनीले १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । 

उक्त हकप्रद सेयरको लागि यसले माघ २२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन पाउनेछन्। यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। 

यसमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।  हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । 
 

मंगलबार, ०१ फागुन २०८०, ०७ : २२

प्रतिक्रिया