वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या

मंगलबार, ०१ फागुन २०८०, १६ : ५१

काठमाडौँ- वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या आएको छ । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा समस्या आएको हो । बोर्ड सचिवालयको सफ्टवेयरfewims.feb.gov.np को सर्भरमा केहि दिनदेखि समस्या आएको छ । सफ्टवेयरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका छन् ।

उक्त सर्भरको मर्मतको काम भइरहेकोले पुनः सुचारु गर्न अझै केही दिन समय लाग्ने बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता टिकाराम ढकालले सफ्टवेयरमा समस्या आउँदा सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता वितरणमा केही दिन अवरुद्ध हुने बताए । इमेलमार्फत वा भौतिक रुपमा उपस्थित भएर निवेदन भने दिन सकिने उनको भनाइ छ ।

मंगलबार, ०१ फागुन २०८०, १६ : ५१

प्रतिक्रिया