आज युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

विहीबार, ०३ फागुन २०८०, ०७ : ४९

काठमाडौं- युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज फागुन ३ गते बिहीबार अन्तिम मौका रहेको छ । 

साधारण सभा प्रयोजनका लागि यसले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नुपर्नेछ। युनाइटेड इदी मर्दीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) वितरण गर्दैछ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।
 

विहीबार, ०३ फागुन २०८०, ०७ : ४९

प्रतिक्रिया