आवरण स्किन एण्ड हेयर क्लिनिकको ब्रान्ड एम्बेसडरमा अभिनेत्री करिश्मा

विहीबार, ०३ फागुन २०८०, १२ : ५२

काठमाडौं- दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकको ब्रान्ड एम्बेसडरमाअभिनेत्री करिश्मा मानन्धर नियुक्त भएकी छन् ।

अल्मा लेजर कम्पनी, लेज्र अप्टेक कोरियालगायत को उक्त उपकरण विश्वमा सर्वोत्कृष्ट उपकरणको साथमा सेवा दिँदै आएको छ। विशेषत कपाल प्रत्यारोपण र सौन्दर्य उपचारका लागि प्रख्यात यश क्लिनिकमा ३० भन्दा बढी देशबाट १ लाख भन्दा बढी सेवाग्राहीले सेवा लिईसकेका छन् ।

आवरणमा उपलब्ध सेवाबारे धारणा राख्दा आवरण स्किन क्लिनिकका छालारोग विशेषज्ञ डा रुपक घिमिरे भन्छन् यही सेवाहरु विदेशमा सेवा लिदायहाँ भन्दा ५ देखि १० गुणासम्म बढी लाग्ने तर यही सेवा नेपालमा सुपथ मुल्यमा पाइन्छ। सदाबहार नायिका करिश्मा मानन्धर आवरणको ब्रान्ड एक्म्बेसडर हुन पाउँदा र आफू पनि यहाँको सेवा लिन पाउँदा खुसी भएको जानकारी दिए ।

विहीबार, ०३ फागुन २०८०, १२ : ५२

प्रतिक्रिया