काठमाडौँ- राजधानीको बलम्बुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको छ । डिउटी सकेर पेस्तोल बुझाउने क्रममा एकाएक बलम्बु प्रहरी प्रभागभित्रै गोली चलेको हो । गोली चल्दा उनको निजी सुरक्षा गार्डलाई खुट्टामा गोली लागेको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।
प्रहरीले घटनाबारे इन्स्पेक्टर श्रेष्ठमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।
प्रतिक्रिया