काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को बैठकले भट्टलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । निगमले तिन जनाको नाम सिफारिस गरेको थियो ।
त्यसैगरी सरकारले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी दुई महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया