ललिता निवास क्षेत्रमा रहेका कम्पनी तथा सङ्घसंस्थाहरू तुरुन्त हट्न महानगरको निर्देशन

बुधबार, ०९ फागुन २०८०, ०७ : ४२

काठमाडौं । ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई हट्न महानगरपालिकाले निर्देशन दिएको छ।

महानगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै सात दिनभित्र ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको छ । सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्य महानगरपालिकाको भएको भन्दै महानगरले जनाएको छ ।

यस्तै महानगरले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने समेत जनाएको छ ।महानगरद्पारा जारी सूचनामा भनिएको छ,“यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकावालालाई सूचित गरिन्छ,। ”

बुधबार, ०९ फागुन २०८०, ०७ : ४२

प्रतिक्रिया