मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटीबीच शैक्षिक सम्झौता

२ महिना अगाडि

 काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटी,बीच शैक्षिक सहयोग र सहयोगको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

दुई विश्वविद्यालबीच भएको समझदारी पत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा. नन्दबहादुर सिंह र डाफोडिल इन्टरनेशनल युनिभर्सिटीका तर्फबाट प्रा डा. एम लुत्फर रहमानले हस्ताक्षर गरेका छन् । समझदारी हस्ताक्षर समारोह फागुन ८ गते बंगलादेशको राजधानी ढाकामा अवस्थित ड्याफोडिल स्मार्ट सिटी अन्तर्गतको डीआईयू नलेज टावरमा भएको हो । उक्त सम्झौतामा मुख्य रुपमा विद्यार्थी आदानप्रदान, संकाय आदानप्रदान, स्रोत आदानप्रदान, इन्टर्न एक्सचेन्ज, छात्रवृत्ति अवसर, इत्यादिका विषय समावेश गरिएको छ ।  

उक्त समारोहमा डिआइयूका उपकुलपति प्राडा। रहमानले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा सिंहलाई भिजिटिङ पदका लागि अफर लेटर पनि हस्तान्तरण गरेका थिए ।  उक्त समारोह अघि उपकुलपति प्राडा सिंहले ‘विश्वविद्यालय स्वायत्तता’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।

२ महिना अगाडि

प्रतिक्रिया