सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न पाउने अनुमति

विहीबार, १० फागुन २०८०, १८ : ०९

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछाने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन बोकेर बिहीबार उच्च अदालत पाटन पुगेका छन् । अदालतमा उनको पुनरावेदन मुद्दा दर्ता भएको छ । 

 मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी मुद्दा दर्ता भएको हो । उच्च अदालत पाटनका रजिस्ट्रार जस्ता मानबहादुर कार्कीले सन्दीपलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ को सुविधा दिइएको जानकारी दिए । 

 काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको थियो । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि फैसला भएको थियो । 

 

विहीबार, १० फागुन २०८०, १८ : ०९

प्रतिक्रिया