सुनचाँदीको भाउ आज कति पुग्यो ?

मंगलबार, २६ चैत्र २०७५, ११ : ५९

काठमाडौं– साताको तेस्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ रु ३०० र चाँदीको भाउ रु १० ले बढेको हो । 

महासंघका अनुसार मंगलबार छापावाल सुन तोलमा ६० हजार ३०० मा कारोबार भइरहेको छ।  सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो । 

यस्तै महासंघका अनुसार तेजावी सुन ६० हजारमा कारोबार हुँदा चाँदी तोलामा रु ७४० मा कारोबार भएको छ ।  सोमबार चाँदी तोलमा ७३० मा कारोबार भएको थियो ।

मंगलबार, २६ चैत्र २०७५, ११ : ५९

प्रतिक्रिया