विद्यालयको कक्षाकोठामै विद्यार्थीको स्वास्थ्य परीक्षण

२ महिना अगाडि

काठमाडौँ- डडेल्धुराको परशुराम नगरपालिकाले नगरभित्र रहेका विद्यालयमा विद्यार्थीको स्वास्थ्य परीक्षण सुरु गरेको छ। विद्यार्थीको ‘स्वास्थ्य प्रोफाइल’बनाउनका लागि अभियान सुरु गरिएको हो। 


नगरका सबै विद्यालयमा पुगेर विद्यार्थीको नियमित स्वास्थ्य जाँच गर्ने र उनीहरूको ‘स्वास्थ्य प्रोफाइल’ बनाउने कार्य सुरु गरेको परशुरामका मेयर भरत बडायर जोशीले बताए। मंगलबारदेखि नगरपालिकाको वडा नम्बर १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका विद्यार्थीबाट स्वास्थ्य जाँच गरेर यो कार्यक्रम सुरु गरिएको मेयर जोशीले जानकारी दिए। 

चिकित्सकको टोलीले विद्यार्थीको उचाइ र तौल लिनुका साथै हात, खुट्टा, दाँत, आँखा र कानको जाँच गरेको थियो। मेयर जोशीले नगरका प्रत्येक विद्यार्थीको हेल्थ प्रोफाइल राख्ने कार्यक्रमअन्तर्गत सबै विद्यालयमा लागू हुने बताए। नगरपालिकामा ६३ वटा विद्यालय छन्। 

२ महिना अगाडि

प्रतिक्रिया