आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितलाई सरकारले बोलायो वार्तामा

आइतबार, १३ फागुन २०८०, १३ : २९

काठमाडौँ- काठमाडौँमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितलाई सरकारले वार्तामा बोलाएको छ ।

गृहमन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई वार्ताको लागि पत्र पठाएको हो ।

आज मिटरब्याज विरुद्धको आन्दोलन २६ औँ दिन पुगेको छ । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदल मार्चपाससहित सुरु भएको आन्दोलन यतिबेला काठमाडौँमा चलिरहेको छ ।

सांसदहरुले समेत संसदमा मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

आइतबार, १३ फागुन २०८०, १३ : २९

प्रतिक्रिया