काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ।
कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम फागुन १५ गते एक सूचना जारी गर्दै आजकै मितिदेखि लागु हुने गरी कालोसूचीमा राखेको हो ।
कार्यालयले कम्पनीहरूलाई एकदेखि तीन वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखेको प्रकाशित सूचनामा उल्लेख छ । कालोसूचीमा राखिएको समयसम्म ठेकेदार कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिदमा भाग लिन नसक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया