सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?

१ महिना अगाडि

काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार बजार २८.६८ अंकले घटेर १९७२ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा सवै उपसूचकमा हरियाली छाएको छ । बिहीबार बैंकिङ समूहको ०.८८ प्रतिशत, विकास बैंक समूहको १.६४ प्रतिशत र फाइनान्स समूहको ३.२१ प्रतिशतले सेयर मूल्य घटेको हो ।

उक्त दिन जोशी हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, अपर स्याङ्गे हाइड्रोपावरको ८.६२ प्रतिशत, मोलुङ हाइड्रोपावरको ८.०१ प्रतिशत, इङ्वा हाइड्रोपावरको ७.५८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

दोहोरो अंकले घट्यो सेयर बजार, सवै उपसूचक राताम्मै हुँदा एक कम्पनीमा नकरात्मक सर्किट

आज सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड १३ लाख १० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको १० करोड १४ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ८ करोड ३ लाख ३५ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ६ करोड ५९ लाख ९१ हजार रुपैयाँ र शिभम् सिमेन्टको ५ करोड २१ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो ।

उक्त दिन बोटलर्स नेपाल (बालाजु) को सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी मनकामना स्मार्ट लघुवित्तको ९.८६ प्रतिशत, मानुषी लघुवित्तको ३.९८ प्रतिशत, समाज लघुवित्तको ३.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया