थप एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

१ महिना अगाडि

काठमाडौं- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

यस संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको ७ दशमलव ५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

कम्पनीको ८ लाख ६० हजार ८०९ दशमलव ४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

१ महिना अगाडि

प्रतिक्रिया