५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै रिडी पावर

१ महिना अगाडि

काठमाडौं- रिडी पावर कम्पनीले आजदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।

कम्पनीले १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रद सेयरका लागि माघ २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउने छन् । हकप्रद सेयरमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


रिडी पावर कम्पनीको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । साथै धितोपत्र बोर्डबाट सी आस्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

१ महिना अगाडि

प्रतिक्रिया