सात कम्पनीको बोनस सेयर नेप्सेमा सुचीकृत

१ महिना अगाडि

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सात कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा यस साता अर्थात फागुन १३ गतेदेखि १८ गतेसम्म १ करोड ८१ लाख कित्ताबढी सेयर सूचिकृत भएको हो ।नेप्सेमा शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बोनस बापतको ४४ लाख ९८ हजार ७७.३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी, शिभम् सिमेन्टको १४.२५ प्रतिशत बोनस बापतको ६२ लाख ७० हजार कित्ता, नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस बापतको १४ लाख ९४ हजार ७६६ कित्ता, राधि जलविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ७ लाख ९६ हजार ९०.४१ कित्ता, हाथवे इन्भेष्ट कम्पनीको १० प्रतिशत बोनस बापतको २३ लाख ४० हजार कित्ता, सिटिजन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको ७.५० प्रतिशत बोनस बापतको ८ लाख ६० हजार ८०९.४६ कित्ता गरी जम्मा १ करोड ८१ लाख ३४ हजार ७४३।२४ कित्ता सूचीकृत भएको हो । 

सूचीकृतपश्चात् यी सबै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

१ महिना अगाडि

प्रतिक्रिया