सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड मिति तय

१ महिना अगाडि

काठमाडौँ - सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आगामी आइतबार आइपीओ प्रि अलोटमेन्ट गर्ने तयारी भएको छ । यस अनुसार आगामी बुधबारसम्ममा आइपीओ बाँडफाँड हुने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

सीडीएसका अनुसार यसमा अन्तिम दिन फागुन १६ गते साँझसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन मागभन्दा १९.३२ गुणा बढी आवेदन हो ।यस अनुसार यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर नपाउने भएका हुन् । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

१ महिना अगाडि

प्रतिक्रिया