सेयर बजारमा दोहोरो अंकको गिरावट, अन्य उपसुचक कस्तो ?

१ महिना अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएर १९६० को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ११ उपसूचकमा राताम्मै भएको छ ।

उक्त दिन चिरख्वा हाइड्रोपावरको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.४९ प्रतिशतले घटेको हो । त्यसैगरी, कामना सेवा विकास बैंक डिबेञ्चरको ७.१४ प्रतिशत, बिपीडब्लु लघुवित्तको ६.७६ प्रतिशत, बोटलर्स नेपाल (तराई) को ५.६७ प्रतिशतले सेयर मूल्य घटेको छ ।
 

११ अंकले घट्यो सेयर बजार, यी कम्पनीले सर्वाधिक गुमाए

आज सर्वाधिक कारेबार गर्ने कम्पनीहरु : 

आज सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । आज कम्पनीको १३ करोड २० लाख ४९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ९ करोड ३ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै आज हिमालयन रिइन्स्योरेन्सको ८ करोड ३० लाख १६ हजार रुपैयाँ, बोतलर्स नेपाल (तराई) को ५ करोड ८८ लाख ४७ हजार रुपैयाँ र जोशी हाइड्रोपावरको ४ करोड ९९ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

 

आज सर्वाधिक कमाउने कम्पनीहरु 
आज ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमएका छन् । कम्पनीको सेयर मूल्य ९.७० प्रतिशतले बढेको छ । त्यसैगरी एनआइसी एशिया ग्रोथ फण्डको ८.४५ प्रतिशत, सिवाईसी लघुवित्तको ७.८० प्रतिशत, बोतलर्स नेपाल (बालाजु) को ५.६९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया