सेयर बजारमा सर्किट ब्रेक

१ महिना अगाडि

काठमाडौं - मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै सेयर बजारमा सर्किट लागेको छ ।बजार खुलेको तीन मिनेटमै सर्किट ब्रेक लगेर २० मिनेटका लागि बजार बन्द भएको छ ।

सोमबार बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४.०४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेर २० मिनेटका लागि बजार बन्द भएको हो । आज ११ बजेर ३ मिनेटमै ७९.२९ अंकले बढेर ४.०४ प्रतिशतले बढेर सर्किट ब्रेक भएको हो । शेयरबजार खुलेको एक घण्टाअघि नेप्से परिसूचक ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ । नयाँ अर्थमन्त्रीमा वर्षमान पुन र विष्णु पौडेलको चर्चा छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया