सेयर बजारमा एकपछि अर्को पोजिटिभ सर्किट

१ महिना अगाडि

काठमाडौँ- बजारमैत्री सरकार र अर्थमन्त्री आउने विश्वासले लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा एकपछि अर्को पोजिटिभ सर्किट लागेको छ ।  

कारोबार सुरु भएको ४ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि पहिलो सर्किट लगाएर २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।  त्यसपछि पुनः खुलेको बजारमा उछाल रोकिएन । फेरि कारोबार सुरु भएको एक मिनेटमै नेप्से ५ प्रतिशतले बढेपछि दोश्रो पटक सर्किट लगाएर नेप्सेले ४० मिनेटका लागि कारोबार स्थगित गरेको छ ।  

अब ४० मिनेटपछि खुल्ने बजार फेरि ६ प्रतिशतले बढेमा आज दिनभरका लागि कारोबार निलम्बन हुनेछ ।   कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेटका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

दोस्रो पटक ५ प्रतिशतले घटबढ भए बजार ४० मिनेटका लागि स्थगन हुन्छ भने तेस्रो पटक ६ प्रतिशतले बजार भटबढ भए दिनभरका लागि कारोबार स्थगन हुने व्यवस्था छ । दोश्रो पटक बजारमा पोजिटिभ सर्किट लाग्दासम्म नेप्सेमा सूचीकृतमध्ये ५ कम्पनीको मूल्य पनि उछालको गतिमा बढेको छ । यी पाँचवटै कम्पनीको मूल्यमा पोजिटिभ सर्किट लागेको छ ।  

पोजिटिभ सर्किट लाग्ने कम्पनीहरुमा अरुण कावेली पावर लिमीटेड, त्रिशुली जलविद्युत कम्पनी, बलेफी हाइडो, दोल्ती, न्यादी हाइडो, राप्ति हाइडो  रहेका छन् ।  

१ महिना अगाडि

प्रतिक्रिया