तीन महिनापछि शेयर बजारमा फर्कियो खुसियाली, बजार केही मिनेट मात्र खुलेर बन्द

१ महिना अगाडि

काठमाडौं-  बजारमैत्री सरकार र अर्थमन्त्री आउने विश्वासले लगानीकर्ताको मनोबल बढ्दा सेयर बजार सोमबार केही मिनेट मात्र खुलेर बन्द भएको छ ।  

नेप्से परिसूचक ११७.७० अंक(६ प्रतिशत)ले बढेर २०७८ को विन्दूमा बन्द भएको हो ।  

लगानीकर्तामा उत्साह देखिँदा बजार खुलेदेखि नै नेप्से परिसूचकमा एकपछि अर्को पोजिटिभ सर्किट लागेको थियो । कारोबार सुरु भएको ४ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि पहिलो सर्किट ब्रेकर लगाइएको थियो । त्यसपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । 

त्यसपछि खुलेको बजारमा १ मिनेटमै ५ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि दोश्रो सर्किट ब्रेकर लगाई ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।  

त्यसपछि खुलेको बजार तल झर्न मानेन । उछालको गति उस्तै रहेका कारण दोश्रो सर्किट ब्रेकर लगाई खुलेको एक मिनेटमै नेप्से परिसूचक ६ प्रतिशतले बढ्यो । फलस्वरुप नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले सोमबारका लागि कारोबार स्थगन गरिदिएको हो ।  

यसरी हेर्दा सोमबार बजारमा ६ मिनेट पनि कुल कारोबार हुन पाएन ।  नेप्सेमा कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेटका लागि कारोबार स्थगन हुने व्यवस्था छ । 

१ महिना अगाडि

प्रतिक्रिया