३२ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट

१ महिना अगाडि

काठमाडौं- छोटो समयका लागि कारोबार भएको आजको बजारमा कुल २३२ कम्पनीको सेयर कारोबार भएको थियो । कारोबारमा आएका कम्पनीमध्ये २३० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २ वटाको मात्र खटेको छ ।  

छोटो समय मात्र चलेको बजारमा ३७ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको छ ।  

यो दिन ३२ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको तथा सर्किट लेभलमा मूल्य पुगेको छ ।  

जलविद्युत उपसमूहमा ८ प्रतिशत हाराहारीको उछाल आएको छ । बैंकिंग समूहमा ६ प्रतिशत, विकास बैंक समूहमा ६.४१ प्रतिशत, जीवन बीमा, लगानी तथा वित्त समूहमा पनि ६ प्रतिशत बढीको उछाल आएको छ ।  

१ महिना अगाडि

प्रतिक्रिया