काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा छिमेक लघुवित्तको ५ प्रतिशत बोनस बापतको १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
त्यसैगरी, यूनिभर्सल पावरको ८.५५ प्रतिशत बोनस बापतको १७ लाख ९५ हजार ७९९.२५ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् यी दुवै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रतिक्रिया