एक कम्पनीको आईपीओ बाँडफाँड, ९ लाख ३ हजार ४३८ आवेदकको हात खाली

शुक्रबार, २५ फागुन २०८०, १० : ४३

काठमाडौं- सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँड भएको हो।

सीडीएसका अनुसार यसमा अन्तिम दिन फागुन १६ गते साँझसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन मागभन्दा १९.३२ गुणा बढी आवेदन हो ।जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४२ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो। जस अनुसार ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। बाँकी ९ लाख ३ हजार ४३८ सदर आवेदकको हात खाली भएको छ ।




शुक्रबार, २५ फागुन २०८०, १० : ४३

प्रतिक्रिया