प्रि–ओपन सेसनमा बढ्यो नेप्से

आइतबार, २७ फागुन २०८०, ११ : ०७

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ०२ विन्दुले बढेको छ । यससँगै सूचक २०३२ दशमलव ५८ अंकमा आएको छ ।

यस सेसनमा १६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३० कम्पनीको ३६ सय ५२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो । १६ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ ।

आइतबार, २७ फागुन २०८०, ११ : ०७

प्रतिक्रिया