झिनो अंकले घट्यो नेप्से

बुधबार, ३० फागुन २०८०, १५ : ३७


काठमाडौं - साताको कारोबारको चौथो दिन आज नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २ . ४८ अंकले घटेर २१०८ . ८२ को विन्दुमा पुगेको छ ।

 

आज ३१० कम्पनीका ७३ हजार ५ सय ६ पटकको कारोबारमा १ करोड ८८ लाख ९ हजार ६ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ रहेको छ ।त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० .४८ अंकको गिरावट आएर ३७४ दशमलव ६५ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी हाइड्रोपावर कम्पनीहरूको कारोबार भएको छ भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरहरुको भएको छ ।
 

बुधबार, ३० फागुन २०८०, १५ : ३७

प्रतिक्रिया